प्रदेशमा नेकपाको ५४ र ४६ प्रतिशतको भागवण्डाः नेपाल, वादल र श्रेष्ठ समूह असन्तुष्ट

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकीकरण भएको चार महिनापछि प्रदेश संगठन कमिटिको नेतृत्व टुंग्याएको छ। प्रदेश कमिटीको नेतृत्वमा पूर्व एमालेबाट ५४ र माओवादीबाट ४६ प्रतिशत रहने गरी शक्ति सन्तुलन मिलाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

तर नेतृत्वमा भएको भागवण्डाप्रति नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, रामबाहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ प्रकाश समूह असन्तुष्ट देखिएको छ।

सचिवालयबाट परिमार्जित मापदण्डका आधारमा तल्ला कमिटिको नेतृत्व टुंग्याउनुपर्ने उनीहरुको अडान थियो। तर, अहिले नेपाल र श्रेष्ठ विदेश भ्रमणमा रहेकै बेला विनामापदण्ड प्रदेशको नेतृत्व टुंग्याइएको भन्दै नेपाल, वादल र श्रेष्ठ असन्तुष्ट बनेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार