सन्दीप लामिछानेले ६ महिनामै करोड कमाएः यी हुन् मनग्गे आम्दानी गर्ने नेपाली खेलाडी

काठमाडाैं – खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ। तर पछिल्लो समय खेलेरै मनग्गे आम्दानी गर्ने र व्यवस्थित जीवन शैली बनाउने खेलाडीको संख्या पनि वढ्दै छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र सापकोटाले लेखेका छन्।

युवा क्रिकेटर सन्दीप लामिछानेले १८ वर्षको उमेरमै नाम मात्रै कमाएका छैनन् आकर्षक दाम पनि बटुलेका छन्। उनले ६ महिनामै करोड भन्दा वढी कमाएका छन्। उनले पाएका सम्मान, पुरस्कार र राष्ट्रिय टोलीबाट लिने तलब सुविधा यसमा जोडिएको छैन।

फुटबलर रोहित चन्द मासिक पाँच लाख कमाउँछन्। त्यस्तै नेपाली क्रिकेटका कप्तान पारस शाह कुनै महिना १० लाखसम्म कमाउँछन्। गोल किपर किरण चेम्जोङ मासिक तीन लाखसम्म कमाउँछन्।

त्यस्तै फुटबलर विमल घर्तीमगर मासिक १ लाख, विराज महर्जन मासिक १ लाख, विक्रम लामा मासिक एक लाख, सुजल श्रेष्ठ मासिक १ लाख कमाउँछन्। त्यस्तै गल्फर शिवराम श्रेष्ठ बार्षिक सात लाखसम्म कमाउँछन्। टिटी खेलाडी नवीन श्रेष्ठको कमाई मासिक ८० हजार छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार