राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्….

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक सहयोगमा आर्थिक उन्नति हुने योगछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति हुनसक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): गतिरोधको अन्त्य हुनेछ । उद्योग,पराक्रम बढ्नेछ । पथ प्रदर्शक भएर काम गर्नु पाईनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अध्ययन अध्यापन कार्यमा सफल हुुनुहुनेछ । गरेका कामबाट लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): विना उपलब्धिका काममा समय बढि लगानी हुनेछ । घर परिवारका कुराले मनलाई बढि अशान्ति गराउनेछ । आर्थिक कारोवारमा बढि चनाखो हुनुहोल । अनिर्णयको बन्दि नबन्नुहोला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनमा वैराग्य भाव पैदा हुनेछ । काम गर्ने वातावरण खलबलिने छ । आर्थिक संकट पर्न सक्छ । चिन्ताले छोड्ने छैन । काम गरेर नाफा भन्दा घाटा बढि हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दामपत्य जीवनमा सुखानुभूति हुनेछ । राजनीति दाउपेचमा नलागी काम गर्नु होला । भोग विलासिता बढ्नेछ ।  आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनोबल उच्च गरी काम गर्नु होला । संघर्ष विना कहि कतै केहि हुने छैन । परिश्रमको अन्तिम परिणम भने सुखद रहनेछ । विरोधीको सक्रियता बढ्नेछ सतर्क रहनुहोला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अन्योलमा नपरि अगाडि बढ्नु होला । दैनिक काम सुचारु रुपले अगाडि बढ्ने छन् । पारिवारिक समस्यामा कमि आउनेछ । भौतिक सुखानुभूति भने कम हुनेछ । व्यापार व्यवसायबाट कम लाभ होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भौतिक सुखमा कमि आउनेछ । उपलब्धिका काममा समय कम खर्च हुनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ होला । काममा ढिला सुस्ति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सक्रिय भएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । शैक्षिक,न्यायिक तथा बैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला । सुख शान्ति मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रयत्नपूर्वक गरेका काम बन्नेछन् । साझेदारीमा गरेका कामबाट उचित लाभ लिन सकिने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कार्य लगनशिलता र आत्मविश्वास बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलमा सम्पादन हुनेछन् । राजनीति व्यक्तिसँग सहकार्य नगर्नुहोला पछि धोका हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आम्दानीका मार्गमा अवरोध आउनेछ । पारिवारिक सुखमा कमि आउनेछ । व्यापारबाट आशातित लाभ लिन सकिने छैन । अनावस्यक तनाव हुनेछ । दूजर्नको जालमा पर्न सकिन्छ सतर्क रहनुहोला ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार