फिलिपिन्सको लगातार दोस्रो जित

काठमाडौं – फिलिपिन्सले एएफसी यू-१६ महिला च्याम्पियनसिप समूह ‘ई’ छनोटमा लगातारदोस्रो जित निकालेको छ ।  शुक्रबार भएको खेलमा मलेसियालाई १ – ० ले हराएर फिलिपिन्सले लगातार दोस्रो जित दर्ता गरेको हो ।

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा फिलिपिन्सलाई जित दिलाउन अलामोले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा अलामोले गोल गरेकी हुन् । लगातार दुई जितसंगै फिलिपिन्सले ६ अंक जोडेको छ । र, फिलिपिन्सले शीर्ष दुई स्थानमा रहदै अर्को चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

मलेसियाको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा फिलिपिन्सले नेपाललाई हराएको थियो  । बुधबार भएको खेलमा फिलिपिन्सले नेपाललाई ४ – ० ले पराजित गरेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार