पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले तोक्यो कोटा

काठमाडाैं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ।  निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार शुक्रबारका लागि यस्तो कोटा कायम गरिएको हो ।

सवारी चालकहरुको विरोधका कारण पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा असहज भएको भन्दै सरकारले मोटरसाइकल तथा स्कुटरलाई ५ लिटरसम्म पेट्रोल उपलब्ध गराउने भएको छ । त्यस्तै साना सवारी साधन कार, भ्यान आदीलाई १५ लिटरसम्म पेट्रोल उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ ।

डिजेलबाट सञ्चालन हुने छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीलाई बढीमा १०० लिटर इन्धन उपलब्ध गराइने निगमले जनाएको छ । निगमले एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारीलाई उच्च प्राथमिकतामा राखेर इन्धन वितरण गर्न सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार