सैनिक हेलिकप्टरमा एक वर्षमा ८ सय घण्टा भिआईपी उडान !

काठमाडाैं – सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्षको अबधिमा ८ सय घण्टाभन्दा वढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन्।

यो सयम दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६७ दिन हुन आउँछ। यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो। यो खबर आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका छन्। नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्याका बाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौँं रुपैयाँ खर्च हुने गरी हेलिकप्टर प्रयोग गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा र हालका प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा विशिष्ट व्यक्तिले सेनाको एमआई १७ लगायतका हेलिकप्टरमा ५ सय २१ घण्टा यात्रा गरेका छन्। सेनाको एमआई १७ हेलिकप्टर प्रयोग गर्दा प्रतिघण्टा ४ लाख ५५ हजार ८६५ रुपैयाँ खर्च हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार