राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्….

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य सम्पादनमा सरलता आउनेछ । गर्न बाँकी रहेका काम पनि आज हुने छन् । आत्मबल,आत्मविश्वास बढ्ने छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । मान सम्मान पाईने छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): तनावमा काम नगर्नु होला । काम गर्ने जोश जागर बढ्ने छैन । स्पष्ट बोल्दा आफैलाई हानी नोक्सानी हुनसक्छ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): स्वास्थ्य कमजोर बन्नेछ । गर्न खोजेका काम पनि बन्ने छैनन । आफन्तबाट नै विश्वास घात हुन सक्छ । सहयोग गर्ने भन्दा पनि खुट्टो तान्ने धेरै हुने छन् । मानसिक तनाव बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दैनिक काम काजमा प्रगति हुनेछ । गरेका कामबाट धेरथोर फाईदा लिन सकिनेछ । हिसाव कितावमा काम गर्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क भई गर्नु होला । काम गर्दा कहि कतै त्रुटी हुन सक्छ पुन विचार गरेर गर्नु होला । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनमा दुविधाले डेरा जमाउनेछ । काम गर्दा अलमलमा पर्नु भयो भने अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । धन माल हराउन वा चोरी हुनसक्छ होशियार रहनु होला । साथि भाई तथा आफन्तबाट आलोचना हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  सहास, धैर्यता र पराक्रम बढ्नेछ । काम गरे अनुुसारको दाम हात पर्ने छ । उद्योग धन्दा बन्द व्यापारमा उन्नति प्रगति हुनेछ । घर बाहिर वसेर काम गर्दा बढि सजिलो हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कसैलाई पनि वोलि नफुत्काउनु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । आफन्त नै भए पनि कारोवार नगर्नु होला । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । उच्चमनोबलका साथ काम गर्नु होला । आज गरेका काम प्राय सफल हुनेछन् । उत्तम आसन र भोजन प्राप्तिको योग पनि देखिन्छ । आय आर्जन बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन प्रतिकुल देखिन्छ । काम गरेर आफुलाई भन्दा अरुलाई फाइदा हुनेछ । आफुले सोचे जस्ता व्यवसायबाट लाभ लिन सकिने छैन । विना सोच विचार नवोल्नु होला काम विग्रिन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । खेलाडीको लागि दिन बढि उत्तम देखिन्छ ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार