टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस, १० फोटोमा हेर्नुस्

काठमाडाैं – संविधान दिवसको अवसरमा आज संविधान दिवस मुल समारोह समितिले राजधानीको टुँडिखेलमा संविधान दिवस मनाएको छ । संविधान दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित भए । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश ओमप्रकाश अर्याल, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, मन्त्रीहरु र विदेशी कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शनका साथै काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको थियो ।

-तस्बिर : रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार