अबदेखि असोज ३ राष्ट्रिय दिवसः आज भव्य कार्यक्रम हुँदै

काठमाडाैं – संविधान जारी भएको दिन असोज ३ गतेलाई अब ‘राष्ट्रिय दिवस’ का रुपमा मनाइने भएको छ। सरकारले सबै प्रकारका आन्दोलनका उपलव्धी संस्थागत भएको दिनका रुपमा संविधान जारी भएको दिनलाई चित्रित गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खलालले लेखेका छन्।

लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र स्थापना भएका दिनभन्दा भव्य रुपमा बुधबार पहिलो पटक ‘राष्ट्रिय दिवस’ मनाइँदै छ। यसअघि कुनै पनि दिनलाई नेपालको ‘राष्ट्रिय दिवस’ मानिएको थिएन।

प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय दिवस’ मनाउने गरी सरकारी कार्यक्रममा पाहुनालाई निमन्त्रणा पठाएका छन्। टुँडिखेलमा भव्य कार्यक्रम राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार