इन्धनको मूल्यवृद्धि फिर्ता नभए यातायात व्यवसायीले दशैंको लागि टिकट बुकिङ नगर्ने

काठमाडाैं – सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने धम्की दिएका छन्।

५ असोजदेखि बुकिङ खुलाउने तयारी भइरहेका बेला सरकारले अचानक इन्धनको मूल्य बढाएपछि यातायात व्यवसायीहरुले बुकिङ नखोल्ने जनाएका हुन्। यो खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन ४८ घण्टाको समय सीमा दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार