राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्….

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आत्मियता बढ्नेछ । विभिन्न खालका समस्याको समाधान खोज्न समय लाग्नेछ । शारीरिक दूर्वलता घट्नेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): गलत विचार बढ्नेछ । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ । खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यवसायबाट लाभान्वित हुनुहुनेछ । आएको अवसरलाई नगुमाउनु होला । गरेका काम भने धेरै जसो सफल हुने छन् । साँझपख खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनबाट भ्रम हटेर जानेछ । संघर्षको मैदानबाट चुनौतिको सामना गरिनेछ । भष्मासुरहरु तर्सिने छन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ योजनाको बारेमा विचार विर्मश हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मुख भन्दा हात चलाउनु पर्ने देखिन्छ । आय खर्चमा परिणत हुनेछ । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । चिन्तन मनन बढि हुनेछ । व्यापारबाट थोरै मुनाफा हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): घरयासी खाद्य बस्तु पदार्थको संग्रहमा धन लगानी हुनेछ । भौतिक सुख सुविधामा कमि आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): हिसाव र निसाफका बाटा बक्र छन् सोच विचार पहिचान र सतर्कताका साथ पाहिला चाल्नु होला । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । गरेका कामबाट उचित लाभ हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आशा र संग्रह त्यागेर कर्ममा लाग्नु होला । विश्वास पात्रबाट घात हुनसक्छ । धन दिएर दुरि नबढाउनु होला । व्यापारमा उधारो काम नगर्नु होला । पढाई लेखाई मुलतवीमा रहनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दरो र खरो भएर कर्म क्षेत्रमा उभिनुहोला । आज गरेका अधिकाँश काम सफल हुनेछन् । स्पष्ट वोल्दाको फाइदा अरुले लिनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । उधारो कारोवार नगर्नुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): हिसाव किताव विग्रिन सक्छ नयाँ क्षेत्रमा हात नहाल्नु होला । व्यापार,व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । इच्छा विपरित काम हुदा तनाव बढ्नेछ । संरचना भत्किन सक्छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय सहज छैन महत्वकाँक्षी नबनि काम गर्नु होला । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन सामान्य हुनेछ । कार्य क्षेत्रबाट बाहिर नजानु होला दुःख पाईनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  सोच विचार पूर्वक काम गर्नु होला असम्भव पनि सम्भव हुनेछन् । अज्ञानताले काममा ढिलाई हुनसक्छ । सहयोगी हात फुक्नेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ । दक्षताको विकास हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार