टन्टलापुर घामको बेवास्ता गर्दै निर्मलाका निम्ती न्याय, आज पनि प्रदेश ७ का मुख्यमन्त्रीको कार्यालय घेराउ (फोटोसहित)

कैलाली – १३ वर्षिया बालिका निर्मला पन्तका लागि न्याय माग्दै आज पनि प्रदेश ७ का मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको छ । स्वतन्त्र नागरिक समाज कैलालीले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यालय घेराउ गरेको हो ।विभिन्न नारा लेखिएका प्ले कार्डसहित मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको तरुण नेता तेजराज पनेरुले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी बजारमा प्रदर्शन गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको हो । सहभागीले राजतन्त्र फाल्ने जनता नालायक सरकार फाल्ने जनता , बलात्कारीलाई फाँसी दे, गृहमन्त्री राजिनामा दे, बहिरो सरकार मुर्दावाद लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए ।यसअघि हिजो पनि कैलालीको धनगढीमा निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शन गरिएको थियो ।कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला गत साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा मृत भेटिएकी थिईन् । घटनाको सत्यतथ्य सार्वजनीक नगरेको भन्दै प्रहरी र सरकार विरुद्ध प्रर्दशन भइरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार