सरकारले दुइ तिहाइको दम्भमा चालेका कदम अलोकतान्त्रीक : नीधि

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफनो अधिकार सुनिशचित्ताको लागि दलित संगठित हुनुपर्ने बताएका छन । उनले दलित समुदायको उत्थानको लागि तीनवटै तहको सरकारले दलितलाई शिक्षामा जोड दिनुपर्ने बताए ।

 नेपाल दलित संघ प्रदेश नं.२ को आयोजनामा मंगलवारदेखि जनकपुरधाममा शुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपसभापति निधिले दलित परिवारका धेरै जसो बालबालिका शिक्षाको पहुचबाट बाहिर रहेको प्रति दुःख व्यक्त गर्दै शिक्षामा पहुच बढाउनुपर्नेमा जोड दिए ।

 उनले आजको समयमा छुवाछुत राजनीतिक तथा समाजिक अपराध रहेको बताँउदै त्यस्ता बिकृतिहरुको अनत्यको लागि सबैको सहयोग आवश्यक भएको बताएका छन । उनले कुनै पनि व्यक्ति जाति भन्दा पनि विचारले मात्रै ठुलो हुने बताँउदै नेपाली कांग्रेस छुवाछुत मुक्त समाजको पक्षमा विगतदेखि अवाज उठाँउदै आएको बताए ।

राजनीतिक प्रसंगमा बोल्दै उपसभापति निधिले वर्तमान संघिय सरकारले दुइ तिहाइको दम्भमा चालेका कदमहरु अलोकतान्त्रीक रहेको बताउंदै सर्वसतावादी र अधिनायकवादी हुंदै गएको बताए ।  उनले संघिय सरकारले संघियताको रक्षा गर्नुको साटो प्रदेशलाई अधिकार सम्पन्न नबनाएर संघियतालाई खोक्लो पार्ने काम गरेको बताए ।

नेपाली कांग्रेसको ९ वटा मुलमन्त्र राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, समावेशिता, मिश्रीत निर्वाचन प्रणाली, संघियता, धर्मनिरपेक्षता र शान्ति सुरक्षालाइ केन्द्रमा राखेर व्यवहारमा उतार्नु पर्ने आजको आवश्यकता रहेको उनले बताए । उनले नेपाली कांग्रेसलाइ मजवुत पार्न यसका भातृ संगठनहरुलाई मजवुत र्पानु पर्नेमा जोड दिए ।

संघका प्रदेश नं. २ का सभापति रामबरण पासवानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व कृषि मन्त्री रामकृष्ण यादवले वर्तमान सरकारले अलोकतान्त्रिक कामहरु गरेर लोकतन्त्र माथि खतरा ल्याउन खोजेको बताए । उनले मधेशी मोर्चाको कारण प्रदेश नं. २ मा संघीयता खतरामा रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार