मदिराका कारण मलेशियामा चार नेपालीको मृत्यु

काठमाडाैं – मदिरा सेवनका कारण मलेशियामा चारजना नेपालीसहित ७ जनाको मृत्यु भएको छ । मलेशियाको अनलाइन पत्रिका द स्टारका अनुसार मदिराका कारण चार नेपाली सहित एक मलेशियाली, एक भारतीय र एक बाङ्लादेशी नागरिकको मृत्यु भएको हो ।

मदिराका कारण बिरामी परेका अन्य १६ मलेशियन, १३ नेपाली र दुई बाङ्लादेशी नागरिकको क्वालालम्पुरका पाँच अस्पतालमा उपचार भइरहेको छ । मलेशियाको सेलागंर राज्यमा भएको उक्त घटनाको प्रहरी अधिकारीले अनुसन्धान गरिरहेका छन् । उनीहरुले विशाक्त मदिरा सेवन गरेको आशंका गरिएको छ ।

मृत्यु भएकाहरुको पोष्टपार्टम भइरहको छ । सेलागंरका प्रहरी प्रमुख डाटुक मज्लान मन्सुरले पोष्टमार्टम रिपोर्टले मृत्युको कारण पत्ता लाग्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार