काठमाडौंमै २१ वर्षे युवतीको सामुहिक बलात्कार

काठमाडौं – २१ वर्षीया एक युवतीमाथि काठमाडौंको भीमढुंगामा सामूहिक बलात्कार भएको छ। बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुंगा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी छन्।

नागार्जुन नगरपालिका–७ हसनटार बस्ने महिलालाई उनीहरुले ललाइफकाई नगरकोटीले सञ्चालन गरेको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

ती महिला सोमबार स्युचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले खोजतलास गरेको थियो। प्रहरी टोलीले नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार