वार्ताका लागि विप्लवका यस्ता छन् तीन सर्त

काठमाडाैं – सरकारको राजनीतिक वार्ताटोली र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच अनौपचारिक संवाद सुरु भएको छ।

सरकारी वार्ताटोलीले गत २५ भदौमा पत्रकार सम्मेलनमार्फत् वार्तामा आउन असन्तुष्ट र द्वन्द्वरत समूहलाई आह्वान गरेलगत्तै दुबै पक्षबीच संवाद सुरु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

नेकपाका अध्यक्ष विप्लवले सरकारसँग वार्तमा बस्न तीन सर्त अघि सारेका छन्। यी हुन् उनका तीन सर्तः
१. सरकारले आफ्नो पार्टीलाई राजनीतिक दल वा हिंसात्मक समूह कुन दृष्टिकोणका साथ हेरिरहेको छ, औपचारिक रुपमा प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने।

२. देशव्यापी गैरकानुनी धरपकड बन्द गरेर यसबीचमा पक्राउ परेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पदम राई, किरण राई, उमा भुजेलसहितका नेता र सबै कार्यकर्तालाई विनासर्त रिहा गर्नुपर्ने।

३. विनाअबरोध राजनीतिक पार्टीको हैसियतमा निर्वाध गतिविधि गर्न पाउनु पर्ने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार