राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्….

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आस्था र विश्वास बढ्नेछ । मानसिक तनाव कम भएर जानेछ । परोपकारी काम गरिनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरीबाट भने सन्तुष्टि मिल्ने छैन । सहयोग कम मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । मनसिक चिन्ता बढ्नेछ । कार्य शिथिलता बढ्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन नास हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): नयाँ विषय बस्तुले प्राथमिकता पाउनेछ । देश,देशान्तरका व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । दाम्पत्य जीवनमा खुशि छाउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन त्यति सहज देखिदैन । काम सफल गर्न ठूलै संघर्ष गर्नुपर्ला । विरोधीको सामना गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): जोखिम मोलेर काम नगर्नु होला । पठन पाठनमा थोरै ध्यान जानेछ । घर परिवारबाट सामान्य सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुने देखिन्छ । यात्रा नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): पारिवारिक जमघट बढ्नेछ । समान खरीद गर्नु पर्ने अवस्था आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति होला । काम गरेर जश भने कम मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सहास,धैर्यता र पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुने छन् । आर्थिक क्षेत्रमा पनि उन्नति प्रगति राम्रै हुनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  लगनशिल भई काम गरेरमा धेरै क्षेत्रमा सफलता मिल्नेछ । काम गर्दा मनोबल नगिराउनु होला । कारोवार गर्दा सतर्क भने हुनै पर्ने देखिन्छ । नोकरी तथा राजनीतिबाट लाभ लिन सकिनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । गरेका काम सहज र सरल तरिकाबाट सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । धन दिने काम नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): फजुल खर्च बढ्न सक्छ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम गरेर जश भन्दा अयश बढि मिल्नेछ । यात्रा गर्दा सतर्क रहनु होला । चोटपटकको भय देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): स्वास्थ्य अनुकुल रहला । स्वतन्त्र व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख कम मिल्नेछ । विना सोच विचार काममा हात नहाल्नु अप्ठ्यारो पर्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आज काममा तपाईले सोचे भन्दा राम्रो प्रगति हुनेछ । काम गर्दा सामाजिक प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा थोरै मात्र प्रगति हुनेछ । ठुलो व्यक्तिसँग सामिप्यता बढ्नेछ । आय आर्जन बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार