निर्मलाका निम्ती न्याय माग्दै मुख्यमन्त्रीको कार्यालय घेराउ (फोटोफिचर)

कैलाली – १३ वर्षिया बालिका निर्मला पन्तका लागि न्याय माग्दै प्रदेश ७ का मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको छ । स्वतन्त्र नागरिक समाज कैलालीले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यालय घेराउ गरेको हो । विभिन्न नारा लेखिएका प्ले कार्डसहित मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको तरुण नेता तेजराज पनेरुले जानकारी दिनुभयो । सहभागीले बलात्कारीलाई फाँसी दे, गृहमन्त्री राजिनामा दे, बहिरो सरकार मुर्दावाद लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए ।यसअघि हिजो पनि कैलालीको धनगढीमा निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शन गरिएको थियो । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला गत साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा मृत भेटिएकी थिईन् । घटनाको सत्यतथ्य सार्वजनीक नगरेको भन्दै प्रहरी र सरकार विरुद्ध प्रर्दशन भइरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार