द्वन्द्वकालका मुद्दामा सर्वश्वसहित जन्मकैदको फैसला

कालिकोट – द्वन्द्वकालीन समयमा हतियारसहित नेपाली सेनाको तारा दल गणबाट भागेको भन्दै शुभकालिका गाउँपालिका-५ सुकाटियाका सिंहबहादुर शाहीलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । समरी जनरल सैनिक अदालत जंगी अड्डा काठमाडौंले शाहीलाई सर्वस्वसहित जन्मकैद फैसला गरेको हो ।

शाहीलाई एउटा इन्सास राइफलसहित त्यसमा लाग्ने तीनवटा म्याग्जिन र ६० राउण्ड गोलीसहित भागेको भन्दै र त्यस बापतको २०१८ रुपैयाँ असुलउपर गरी सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । तर, इन्सास राइफल कता गयो र त्यसको रकम असुलउपर गर्ने वा कैदका विषयमा फैसलामा कुनै उल्लेख गरिएको छैन । शाहीलाई २०७४ साल फागुनमा घरबाट पक्राउ गरि नेपाली सेनाले काठमाडौं लगेको र २०७५ साल बैशाख ९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएर अहिले काठमाडौं कारागारमा राखिएको परिवारले बताएका छन् ।

नेपाली सेनाले शाहीले २०६१ साल पौष १८ गते धादिङ्गबाट गस्तीमा गएको बेला हतियार सहित भागेको नेपाली सेनाको समरी जनरल सैनिक अदालत जंगी अड्डा काठमाडौंले फैसला गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार