‘गरिब र धनीले लगाउने कपडाको भन्सार दरमा विभेद किन?’

काठमाडौं – प्रतिनिधिसभा सदस्य मायादेवी न्यौपानले गरिब र धनीले लगाउने कपडाको भन्सार दरमा वभेद भएको बताएकी छन्। सोमबार बसेको संसद बैठकमा सांसद न्यौपानले महंगीले आकाश छुन लागेको अवस्था रहेको र त्यसमा सरकारले ध्यान दिन नसकेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताइन्।

सरकार समाजमा भएका बेथिति र उछृंखलतामा रुमल्लिएको बताइन्। उनले भन्सारमा गरिबले लगाउने एक्रेलिक कपडामा बढी महसुल लिइने गरेको र धनीले लगाउने सुती कपडामा भन्सार कम लिइने गरेको बताइन्।

यो विभेदले अधिकांश जनताले लगाउने कपडामा बढी भन्सार लिदा बजारमा महंगी बढेको बताइन्। उनले चाडबाडका बेला यस्तो विभेदले महंगी झनै बढ्ने भन्दै सरकारले यसको नियन्त्रणमा ध्यान दिन माग गरिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार