कर्णालीका मुख्यमन्त्रीसहित ५ सदस्यीय टोली चीन जाने

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित ५ सदस्यीय टोलीको परराष्ट्र मन्त्रालयले चीन भ्रमण स्वीकृत गरेको छ । मन्त्रालयले स्वीकृति दिएसँगै कर्णाली प्रदेश सरकारले चीन भ्रमणमा गरिने क्रियाकलापको आनतरिक तयारी थालेको छ ।

असोज ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सांसद धर्मराज रेग्मी, चिनियासँग कुरा गर्दा सहजकर्ताको रुपमा पुण्य रेग्मी र मणि चौंलागाई चीन भ्रमणमा जाने पक्का भएको आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बताए । उनका अनुसार मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको सबै खर्च आयोजक सेचुवान प्रान्तले व्यहोर्नेछ भने अन्य ३ जनाले आफैले प्लेन टिकटको खर्च व्यहोर्ने छन् । ‘उहाँहरू ३ जनाले आतेजाते आफैले व्यहोर्नु हुनेछ,’ मन्त्री ज्वालाले भने, ‘तर, उहाँहरू चीनमा रहँदा आयोजकले अन्य खर्च भने व्यहोर्नेछ ।’

मन्त्री ज्वालाले त्यहाँ अन्तर्राष्ट्रिय फोरमको आयोजना चीनको सिचुवान प्रान्तले गरेको जानकारी दिए । ‘हामी त्यहाँ एक कार्यक्रममा सहभागी हुन जान लागेका हौं,’ उनले भने, ‘चीन सरकारसँग हिल्सादेखि कोहलपुर जोड्ने सडकमा लगानी गरिदिन हाम्रो मुख्य आग्रह हुनेछ ।’ उनले कर्णाली प्रदेशका लागि लाइफलाइनको रुपमा प्रदेश सरकारले यो सडकलाई लिइएको बताए । मुख्यमन्त्री, मन्त्री, सांसदको चीन बसाई जम्मा ५ दिनको हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार