बलिउड अभिनेता गोविन्दले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडाैं – नेपाल भ्रमणमा रहेका बलिउडका स्टार अभिनेता गोविन्दले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन शनिबार नेपाल आउनु भएका गोविन्दले अाज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको हाे ।

अभिनेता गोविन्दले आइतबार बिहान पशुपतिनाथ पुगेर दर्शन गर्नुभएको थियाे भने आइतबारै दिउँसो एलजी सिने सर्कल अवार्ड कार्यक्रममा सहभागी हुनुभएकाे थियाे । उहाँ आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार