आउला त पाँच बर्षमा चिनियाँ रेल ?

चिनसँग रेलमार्ग जोडिने विषय नेपालीकालागि मजाकको बिषय बनिरहेको बेला चिनिया अधिकारीहरुले भने यसलाई उच्च प्राथामिकतामा राखेर काम भै रहेको बताएका छन्। तिब्बत जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा बाह्रय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले नेपालसंग रेलमार्ग जोड्न चीन सरकारले उच्च प्राथामिकताका साथ काम गरिरहेकाले ५ बर्ष भित्र काठमाडौंमा रेल पुग्ने बताएका छन्।

ल्हासामा सम्पन्न चौथो नेपाल, चीन– तिब्बत पर्यटन तथा सांस्कृतिक एक्सपोमा सहभागी आउनु भएका उपाध्यक्ष चु ले प्राकृतिक रुपमा केही अप्ठेराहरु हरेपनि केरुङ हुदै काठमाडौँसम्म रेल पु¥याउन ५ बर्ष लाग्ने बताए। यो खबर आजको समाचारपत्र दैनिकमा चीनबाट चिरञ्जीवि मास्केले लेखेका छन्।

उपाध्यक्ष चु ले नेपालले चीनसंगको सिमासम्म सडक सञ्जाललाई विस्तार गर्नुपर्ने उल्लेख गर्दै सिगात्सेको रेल केरुङ हुदै काठमाडौँ पु¥याउन उच्च प्राथामिकताका साथ काम गरिरहेको बताए। उनले भने, ‘तिब्बतले नेपाल हुदै दक्षिण एसियासम्म रेलमार्ग जोड्न चाहेको छ त्यसैले काठमाडौँसम्म तत्कालै रेल पु¥याउने कुरा हाम्रो उच्च प्राथामीकतामा छ।’

चीन सरकारले नेपाल हुदै भारत, पाकिस्तान, भुटान जस्ता हिमालसंग जोडिएको मुलुकमा बेल्ट एण्ड रोड (बिआरआई) को अवधारणा अघि सारेको छ।

जुन अवधारणा अनुसार चीनले मुख्य त भारत, पाकिस्तान जस्ता ठूला मुलुकसंग आफ्नो व्यापार विस्तार गर्न चाही रहेको छ।

तिब्बत जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष चुले नेपाल हुदै दक्षिण एसियासम्म रेलमार्ग जोड्न चाहेको अभिव्यक्ति दिएबाट पनि चीन नेपालको बाटोहुदै भारत पाकिस्तान जस्ता ठूला मुलुकमा व्यापार विस्तारमा सक्रिय रहेको बुझ्न सकिन्छ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणको क्रममा रेलमार्ग जोड्ने कुरालाई प्रमुख प्राथामिकताका साथ उठाएका थिए।

नेपाल–चीन सम्बन्धको बारेमा जानकारहरुका अनुसार चिनले नेपाली (शासक) नेताहरुमा तत्कालीन राजा महेन्द्र पछि सबै भन्दा बढी विश्वास प्रधानमन्त्री केपी ओलीलाई गरेकोले पनि नेपालसंग रेलमार्ग जोड्ने विषय चीनको मुख्य प्राथामिकतामा रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार