अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित ब्रेटमाथि यौन हिंसाको आरोप लगाउने महिला बोलिन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित गरेका ब्रेट काभानोगमाथि यौन हिंसाको आरोप लागेपछि उनको नियुक्ति प्रक्रियामा कठिनाई देखिएको छ ।

ब्रेटमाथि एक महिनाले यौन हिंसाको आरोप लगाएकी हुन् । उनीमाथि यौन हिंसाको आरोप लगाउने महिला सार्वजनिक रुपमा बोलेकी छन् ।

ब्रेटले यौन हिंसा गरेको भनिएकी महिला क्रिष्टिन ब्लेजी फोर्डले वासिङ्गटन पोस्टसँग घटनाबारे बोलेकी हुन् । आफूहरु दुवै किशोर रहेका बेला बे्रटले आफूलाई बिस्तारामा लडाएर लुगा फुकाल्न खोजेको क्रिष्टिनले बताएकी छन् ।

ब्रेटमाथि यौन हिंसाको आरोप गएको हप्ता बाहिर आएको हो । ब्रेटले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

अमेरिकी सिनेटको न्यायीक समितिका शीर्ष सिनेटरले घटनाबारे ब्रेट र क्रिष्टिन दुवैसँग कुरा गर्ने तयारी गरेको छन् । क्रिष्टिनको परिचय खुलेपछि यसबारे छलफल गर्ने तयारी भएको हो ।

५३ वर्षका ब्रेटको गएको हप्ता संसदीय सुनुवाई भएको थियो । चार दिनसम्म चलेको संसदीय सुनुवाईको क्रममा सिनेटरले उनलाई विभिन्न विषयमा प्रश्न गरेका थिए । सिनेटको न्यायीक समितिमा उनको नियुक्तिबारे बिहीबार मतदान हुनेछ । त्यसपछि मात्रै सिनेटमा मतदानका लागि उनको नाम जानेछ ।

आफू १५ र ब्रेट १७ वर्षको रहेका बेला सन् १९८२ मा घटना भएको क्रिष्टिनले वासिङ्गटन पोस्टसँग भनेकी छन् । क्रिष्टिन मनोविज्ञानकी प्राध्यापक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार