कविताको ‘पिरती लाउँदिन दुईतिर’मा महेश र प्रियंकाको रोमान्स (भिडियो)

काठमाडाैं – गायिका कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीत ‘कविता’ एल्बममा समावेश रहेको छ।

गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत र चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ। गीतको म्युजिक भिडयोमा युवा मोडल महेश खड्का र नायिका प्रियंका कार्कीको अभिनय रहेको छ। आफू घरबारे भएका कारण दुनियाँको आँखा आफूमाथि परेपनि अन्त पिरती नलगाउँने भाव गीतको भिडियोमा प्रियंका र महेशका मध्यमबाट प्रस्तुत गरिएको छ

म्युजिक भिडियोमा गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको छ भने भिडियोलाई नवराज उप्रेतीले छायाँकन र नवीन निरौलाले सम्पादन गरेका छन्। विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एल्बम सार्वजनिक भएका छन्। तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता-दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार