कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाइने

काठमाडौं – सरकारले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो ।

अाज राष्ट्रिय किसान आयोगका पदाधिकारीसँगको छलफलमा उनले कृषियोेग्य जमिनलाई खण्डिकरण हुन नदिन सरकारले भू-उपयोग नीति ल्याउने तयारी गरिरहेको पनि जानकारी दिनुभयाे । मन्त्री खनालले कृषि मुलुकको अर्थतन्त्रको मूख्य आधार भएकाले पनि कृषियोग्य जमिन खण्डिकर गर्न दिन नमिल्ने तर्क गर्नुभयाे । उहाँले कृषियोग्य जमिनको उचित परिचालनका लागि आवश्यक सुझाव दिन आयोगलाई पनि आग्रह गर्नुभयाे ।

मन्त्री खनालले कृषि सामग्री संस्थान, खाद्य संस्थान, चिया तथा कफी विकास बोर्ड, कृषि अनुसन्धान परिषदको कामकार्वाही पारदर्शी नभएको भन्दै असन्तुष्टि जनाउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार