पण्डितको नेतृत्वमा सञ्चारिकामा नयाँ कार्यसमिति

काठमाडौं – देशभरका महिला सञ्चारकर्मीहरुको छाता संगठन सञ्चारिका समूहको सातौं महाधिवेशन तथा २२ औं सधारणसभाले नीतु पण्डितको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समूहले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अध्यक्षमा पण्डित, उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेबा, सचिवमा यशोदा अधिकारी तथा कोषाध्यक्षमा सीमा शर्मा सर्वसम्मत चयन भए । सञ्चारिकाको विधानअनुसार एक कार्यकाल ३ वर्षको हुनेछ ।

सातौं महाधिवेशनको अवसर पारेर सञ्चारिकाले ४ जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । सञ्चारिका समानता पुरस्कार २०७४ बाट सन्त गाहा मगर पुरस्कृत भएका छन् भने स्वर्गीय पत्रकार उमा सिंहको नाममा स्थापित उमा सिंह पत्रकारिता पुरस्कारबाट दीपा कुँवर पुरस्कृत भइन् । त्यसैगरी वर्षा शाह र शिल्पा कर्णलाई सञ्चारिका प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार