निर्मलाका लागि न्याय माग्दै धनगढीमा पनि प्रर्दशन (फोटोफिचर)

कैलाली – १३ वर्षिया बालिका निर्मला पन्तका लागि न्याय माग्दै प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि प्रर्दशन गरिएको छ । स्वतन्त्र नागरिक समाज कैलालीको आह्वानमा न्याय माग्दै स्थानीयले प्रर्दशन गरेका हुन् ।विभिन्न नारा लेखिएका प्ले कार्ड सहित धनगढी चौराहबाट दिउँसो २ बजे निस्किएको र्याली एलएनचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अधिकारकर्मी पुष्पा भट्टले बलात्कारवपछि हत्या गरिएकी बालिकालाई न्याय दिलाउन सरकार उदासिन बनेको बताईन् । साथै उनले नारी सुरक्षाको समेत गरिन् । घटना भएको तीन महिना पुग्नै लाग्दा समेत सत्यतथ्य बाहिर नआउनुको कारण के हो ? भन्दै उनले सरकारलाई प्रश्न गरिन्। अहिले पनि महिला असुरक्षीत रहेकाले सुरक्षाको प्रत्याभुति दिलाउन माग गरिन् । प्रर्दशनमा सहभागीले बलात्कारीलाई फाँसी दे, गृहमन्त्री राजिनामा दे, बहिरो सरकार मुर्दावाद लगायतका नारा लेखेका प्ले कार्ड बोकेका प्रर्दशनकारीले सरकार विरुद्ध नाराबाजी गरेका थिए । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला गत साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा मृत भेटिएकी थिईन् । घटनाको सत्यतथ्य सार्वजनीक नगरेको भन्दै प्रहरी र सरकार विरुद्ध प्रर्दशन भइरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार