४८ घण्टाभित्र शुल्कबृद्धि फिर्ता गर्न नेविसंघ शकरदेव क्याम्पसको माग, क्याम्पस प्रमुखलाई बुझाइयो ज्ञापन (ज्ञापनसहित)

काठमाडौं – नेपाल विद्यार्थी संघ शकरदेव क्याम्पसले ४८ घण्टाभित्र शुल्कबृद्धि फिर्ता गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ । क्याम्पस प्रशासनलाई आज ज्ञापन पत्र बुझाउदै नेविसंघ शकरदेव क्याम्पसले बढाइएको शुल्क ४८ घण्टाभित्र फिर्ता गर्न माग गरेको हो ।

शुल्क वृद्धिप्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको भन्दै नेविसंघले सर्वशुलभ शुल्कमा गुणस्तरिय शिक्षा पाउन विद्यार्थीको अधिकार विपरित बढाइएको शुल्क हटाउन आग्रह गरेको छ । बढाइएको शुल्क फिर्ता नगरिए नेविसंघले कडा संघर्षका कार्यक्रम थाल्नेसमेत ज्ञापन पत्रमार्फत चेतावनी दिइएको छ ।

यस्तो छ ज्ञापनपत्र :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार