६ वर्षपछि बढ्यो साउदी जाने कामदारको न्युनतम् तलव सीमा, हेर्नुस् कति बढ्यो ?

काठमाडाैं – नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । अब साउदी  रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो । सरकारले साउदीको जीवनस्तर बढेको भन्दै नयाँ तलब तोकेको हो । नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् । यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेको थियो । नयाँ व्यवस्था अनुसार ज्यालामा २ सय रियाल र खाना भत्तामा १ सय रुपैयाँ गरी ३०० रियाल बढी नेपाली अदक्ष कामदारले पाउनेछन् ।

साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम ज्यालामा नयाँ व्यवस्था भएको हो । अब राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणीकरण हुनेछ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार