अख्तियारले घुससहित प्रहरी समातेपछि कोटेश्वर र काँडाघारीका इन्चार्ज फेरिए

काठमाडाैं – बालुवा तस्करसँग घुस लिइरहेका बेला ९ जना प्रहरी पक्राउपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका इन्चार्ज फेरिएका छन् । महानगरीय प्रहरी कार्यालयले प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका प्रहरी इन्चार्जलाई फिर्ता बोलाएर त्यहा नयाँ इन्चार्ज पठाएको हो ।

कोटेश्वर र काँडाघारी वृत्तका प्रहरीले बालुवा व्यवसायीसँग घुस लिइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले शनिबार ९ जना प्रहरीलाई पक्राउ गरेको थियो । सोही विषयमा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख निरीक्षक राजु लामालाई हटाएर एलिजा गिरीलाई खटाइएको छ । काँडाघारीका इन्चार्ज हरि ओझाको ठाउँमा सुधीर राईलाई प्रमुख बनाएर पठाइएको छ ।

त्यहाँ कार्यरत अन्य प्रहरीलाई छानबिन गरी अन्यत्र सार्ने तयारी भइरहेको महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले जानकारी दिनुभयाे । अख्तियारको टोलीले काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गाना, प्रहरी हबल्दार दीपक भारती, उमेश यादव, अमन चौधरी र प्रहरी जवानतर्फ रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पट्टेललाई  रंगेहात पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार