टिपरमा करेन्ट लाग्दा चालक र सहचलाक दुवैको मृत्यु

उदयपुर – टिपरमा सामान लोड अनलोड गर्नेक्रममा १२ सय भोल्टेजको करेन्ट लाग्दा चालक र सहचालकको घट्नास्थलमै मृत्यु भएको छ। शनिबार ना.अ.प. १३२९ नम्वरको टिपरमा ढुंगा लोड गर्ने क्रममा उदयपुर चौदण्डिगढी नगरपालिका-५ सिबाई खोलामा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी नपा-९ का ४० वर्षे चालक विष्णु कार्की र सहचालक सोही स्थानका १९ वर्षे भक्तबहादुर खड्का छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार ढुङ्गा अनलोड गर्नेक्रममा १२ सय भोल्टेजको तारमा छुन गई घटना भएको हो।

करेन्ट लागेर घट्नास्थलमै उनीहरूको मृत्यु भएको डिएसपी अधिकारीले जानकारी दिए। विद्युत प्राधिकारणको लापरवाहीले करेन्ट लागेको सर्वसाधरणको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार