८३ बर्षीय गोन्जालोलाई आजीवन कारावासको सजाय

काठमाडाैं – नेपालसहित विश्वभरका सशस्त्र विद्रोह पक्षधर माओवादी पार्टीहरुको आदर्शको रुपमा रहेका पेरुका नेता अबिमाल गुज्मानलाई पेरुको एक अदालतले दोस्रो आजीवान कारावासको सजाय सुनाएको छ ।

साढे दुई दशकभन्दा बढी समयदेखि कारावासको जीवन बिताउँदै आएका गुज्मानलाई सन् १९९२ मा राजधानी लिमामा भएको बम आक्रमणमा दोषी ठहर गर्दै आजीवान कारावास सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो आक्रमणमा २५ जनाको मृत्यु भएको थियो १ सय ५० भन्दा बढी घाइते भएका थिए । सरकारले यो घटनाको ‘मास्टर माइन्ड’ उनी भएको आरोप लगाउँदै आएको छ ।

६ घण्टाको बहसपछि उनीसहित नौ विद्रोही नेताहरुलाई फौजदारी अदालतमा आजीवान कारावासको सजाय सुनाएको हो । यसअघि सन् १९८३ को एउटा घटनामा संलग्न भएको आरोपमा उनलाई आजीवान कारावासमा सजाय भुक्तान गर्दै आएका थिए ।

असीको दशकबाट साइनिङ पाथ गठन गरेर सशस्त्र विद्रोह गरेका उनी अध्यक्ष गोञ्जालोको नामले विश्वभर चिनिन्थे । कुनै समयमा पेरुको सत्तरी प्रतिशतभन्दा बढी भूभागमा साइनिङ पाथको नियन्त्रण गरेको थियो । २०५२ मा नेपालमा माओवादीले सशस्त्र विद्रोह सुरु गर्दा उनलाई आदर्श पात्रको रुपमा चित्रित गरेको थियो । अमेरिकी गुप्तचर एजेन्सी सिआइएको सहयोगमा पेरुभियाली सुरक्षा निकायले गोञ्जाला्लाई सन् १९९२ मा पक्राउ गरेको थियो ।

उनको गिरफ्तार पछि सशस्त्र विद्रोह कमजोर हुँदै गयो । गोञ्जालो अहिले ८३ वर्षका भए । उनको नेतृत्वमा बीस वर्ष चलेको सशस्त्र विद्रोहक क्रममा ७० हजारको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार