निगमको नयाँ वाइडबडी सञ्चालनमा आएको महिनादिन नपुग्दै ग्राउन्डेड

काठमाडाैं – नेपाल वायुसेवा निगमका नयाँ वाइडबडी विमान सञ्चालनमा आएको महिनदिन नपुग्दै ग्राउन्डेड भएको छ । यही भदौ ८ बाट सञ्चालनमा आएको निगमको वाइडबडी ३३०-२०० सञ्चालनमा आएको महिनदिन नपुग्दै ग्राउन्डेड भएको हो । व्यवसायिक उडान सुरु गरेको २१ औं दिनमै विमान ग्राउन्डेड भएको छ ।

कलसाइन ९एन-एएलजेड भएको दोस्रो नयाँ वाइबडी मकालु विमानले पहिलो उडान बैंककमा गरेको थियो । बिहीबार दिल्लीबाट काठमाडौं उडान गरेको विमान इन्जिनियरले जाँच गर्दा कार्गोको ढोका कुच्चिएको पाइएको थियो । ढोका कुच्चिएको पाइएपछि विमान ग्राउन्डेड भएको हाे । दिल्लीको उडानमा पाइलटहरू यार कमल, महेश्वरमान डंगोल र अमूल्यरत्न शाक्य हुनुहन्थ्याे ।

निगमको पहिलो वाइडबडी एयरबस अन्नपूर्ण असार १४ गते काठमाडौंमा आइपुगेको थियो । निगमसँग एयरबसका दुईटा न्यरोबडी ३२० जहाज पनि छन् । तर, यीमध्ये सगरमाथा नाम दिइएको जहाजमा चरा ठोक्किएपछि ९ दिनदेखि ग्राउन्डेड छ । ग्राउन्डेट भएको सगरमाथा विमान आइतबारदेखि सञ्चालनमा आउने निगमले जानकारी दिएको छ । दुबै विमान एयरबस कम्पनीसँग खरिद गरेको हुँदा सो कम्पनीसँग परामर्शपछि मर्मत गरेर मात्र उडान गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार