नेकपा अध्यक्ष प्रचण्ड चीन प्रस्थान

विमानस्थलमा प्रचण्डले भनेः ‘पार्टी टु पार्टी रिलेसन’ नै भ्रमणको मुख्य विषय

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन प्रस्थान गरेका छन्। भारत भ्रमणबाट फर्कैको एक सातामै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड शनिबार दिउँसो चीन प्रस्थान गरेका हुन्।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुई देशबीच भएका समझदारी कायम गर्ने वातावरण बनाउनु नै आफ्नो भ्रमणको उद्देश्य रहेको बताए। उनले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा आफू चीन जान लागेकाले आफ्नो भ्रमणको उद्देश्य पार्टी टु पार्टी रिलेसन भएकोे बताए।

अध्यक्ष प्रचण्डले पार्टी एकताको काम समापनको दिशामा रहेको भन्दै दशैं अगाडि नै एकता टुंगिइसक्ने दावी गरे। पार्टी एकतापछि पहिलोपटक चीन जान लागेका अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सिक रहेका छन्।

यसअघि नै नेकपाका प्रवक्त नारायणकाजी श्रेष्ठ नेतृत्वको टोली चीन गइसकेको छ। अध्यक्ष प्रचण्ड असोज ३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार