राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्….

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भौतिक सम्पति नास हुनसक्छ विचार पु¥याउनु होला । विश्वास र भरोसा टुट्न सक्छ । देखिएका सम्भावना टुट्ने छन् । मानसिक तनाव बढ्नेछ । माताको स्वास्थ्य विग्रिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): परिश्रमको मूल्य सन्तोषजनक नै हुनेछ । पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मनमा भय त्रास उत्पन्न हुनेछ । इष्टमित्र साथि भाईका कारण अप्ठ्यारो पर्न सक्छ । अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । मेहनतको अन्तिम परिणाम सुखद रहनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनिर्णयको बन्दि हुदा अवसर गुम्नेछ । आर्थिक क्षय वेहोर्नु पर्ला । यात्रामा कठिनाई उत्पन्न हुनेछ । साझेदार व्यक्तिले धोका दिन सक्छ । व्यापारमा आएको मन्दि कायम रहनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): संचित धनमा ह्रास आउन सक्छ । महत्वकाँक्षा बढ्नेछ तर विना उपलब्धिका काममा समय जानेछ । काम गरेर अपयश मात्रै मिल्ला । घरमा बस्न मन लाग्ने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): उद्योग पराक्रम बढ्नेछ । गरेका धेरै काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन मध्यम देखिन्छ । लगशिल भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार मन्द गतिले अगाडि बढ्नेछ । काम गर्दा सानातिना समस्या आई रहनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  प्रतिकुलता हटेर जानेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । आर्थिक कारोवारमा ध्यान दिनु होला । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम गर्ने वातावरण विग्रिनेछ । कार्य क्षेत्रमा अनावस्यक झन्झट आई लाग्नेछन् । व्यापार व्यवसायमा नोक्सान हुनेछ । लेनदेन कारोबारमा विवाद बढ्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आकस्मिक आम्दानीको योग देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । नजिकका मानिसबाट सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिनेछ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ । ऋण घट्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समय सुधारोन्मुख देखिन्छ तर उपलब्धिका कामले पूर्ण गति भने लिने छैन । यात्राको योग देखिन्छ । अरुको कामलाई प्राथमिकता दिदा आफ्ना काम धेरै अधुरा रहनेछन् । खर्च बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार