केन्द्रको औपनिवेशक शासनबाट मधेश मुक्त हुन चाहेको छ : महन्थ ठाकुर

काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालका संयोजक ठाकुरले राज्यले आफूहरुमाथि विखण्डनकारीको आरोप लगाइरहेको दावी गरेका छन् । राजधानीमा आयोजित पत्रकार वसन्त वस्नेतद्वारा लिखित किताब विमोचन कार्यक्रममा उनले भने, ‘हामी समावेशीको माग गरिरहेका छौँ तर हामीमाथि विखण्डनकारीको आरोप लगाइरहेको छ ।’

तर, साथै संयोजक केन्द्रको औपनिवेशक शासनबाट मधेश मुक्त हुन चाहेको उल्लेख गर्दै उनले आफ्नो लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।  उनले तराई मधेशका जनता अहिले पनि डर त्रासमा बाँचिरहेको बताए । ‘मधेस आन्दोलनका सहभागी अहिले पनि आफ्नो परिचय लुकाएर हिँडिरहेको अवस्था छ । उसको बच्चाको, घरपरिवार सदस्यको के अवस्था होला ? त्यसको बारेमा राज्यले सोचेको छ ?,’ उनले गुनासो गरे ।

उनले पञ्चायतमा आफूहरु जेल बसेको स्मरण गर्दै अहिले लोकतन्त्रमा पनि जेलमा बस्नु पर्ने अवस्था आएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार