निहारिका मदन पुरस्कार पाउने चौथो महिला

काठमाडौं – निलम कार्की निहारिका मदन पुरस्कार पाउने चौथो महिला साहितयकार बनेकी छन् । ०७४ मा प्रकाशित ‘योगमाया’ लाई मदन पुस्कार गुठीले पुरस्कृत गर्ने निर्णय गरेको हो ।  यसअघि पारिजातको ‘शिरीषको फूल’ कृतिलाई विक्रम संवत् २०२२ मा मदन पुरष्कार प्रदान गरिएको थियो ।

पारिजातपछि मदन पुरष्कार पाउने महिला लेखक झमक घिमिरे हुन् । उनले वि.सं. २०६८ सालमा ‘जीवन काँडा कि फूल’ का लागि यो पुरष्कृत ठहरिएकी थिइन् ।  राधा पौडेलको पहिलो कृति ‘खलङ्गामा हमला’ का लागि मदन पुरष्कार पाएकी थिइन् । उनले वि.सं. २०७१ मा यो पुरष्कार पाएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार