सर्वोच्च अदालतको प्रधानन्याधीशमा ओमप्रकाश मिश्र सिफारिस

काठमाडाैं – संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्याधीशमा कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज, ७ भदौमा बसेको संवैधानिक परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको कानूनमन्त्री भानुभक्त ढकालले जानकारी दिए। मिश्रको नाम संसदीय सुनुवाईबाट अनुमोदन भए उनले १४ मंसीर, २०७५ सम्म सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने छन्।

संसदीय सुनुवाईपछि राष्ट्रपतिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियूक्त गर्ने सवैधानिक व्यवस्था छ। २०३९ सालमा शाखा अधिकृतको रुपमा कानूनी सेवामा प्रवेश गरेका मिश्र २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए।

सर्वोच्च अदालतमा बरिष्ठ न्यायाधीश दीपक राज जोशी संसदीय सुनुवाईबाट अस्वीकृत भएपछि मिश्रलाई प्रधानन्यायाधीश बन्ने अवसर मिलेको हो । २९ जेठमा सवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका जोशी १८ साउनमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार