फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को शीर्ष गीतमा धीरजको ‘रकिङ’ अन्दाज [भिडियो]

काठमाडौं – रेनाशा वान्तवा राई निदेर्शित फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘लन्डनमा’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता धिरज मगर ‘रकिङ स्ट्याइल’मा प्रस्तुत छन् ।

सुजिल कर्माचार्यको शब्द रचना रहेको सार्वजनिक गीतमा रचनाकार स्वम्‌कै स्वर सुन्न सकिन्छ । लण्डन र त्यहाँको रहनसहन चित्रण गरिएको गीतमा धिरजसँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि देखिएकी छिन् । अभिमन्यु दिक्षित र रेनसा वान्तवा राईको कथा लेखन रहेको फिल्म आई कोर फिल्मस्‌काे व्यानरमा निर्माण भएको हो ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । आउँदाे असोज ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अभिनेता धिरज डेव्यु अभिनेताका रुपमा देखिने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार