कांग्रेस सांसद संग्रौलाको गृहमन्त्रीसँग ‘इन्काउन्टर’बारे प्रश्न, ‘प्रमाण नष्ट पार्ने काम किन गरियो?’

काठमाडौं – नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले भक्तपुरमा भएको इन्काउन्टरको जवाफ गृहमन्त्रीसँग माग गरेकी छिन् । ११ वर्षीय निसान खड्काको अपहरणपछि हत्या भएको घटनामा दुई जना अपहरणकारी गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर भएको भनिएपनि उक्त घटना शंकास्पद भएको प्रश्न उठ्दै आएको छ ।

सोही विषयमा गृहमन्त्री रामबहादुर थापासँग सांसद संग्रौलाले जवाफ मागेकी हुन् । आजको प्रतिनिधि सभाको शून्य समयमा संग्रौलाले भनिन्,‘इन्काउन्टरको जवाफ गृहमन्त्रीले दिनुपर्छ, प्रमाण नष्ट पार्ने काम किन भयो ?’  कञ्चनपुरकी निर्माण पन्तको हत्या र बलात्कारका घटनाको दोषीबारे पनि सदनलाई गृहमन्त्रीले जानकारी दिनु पर्ने माग उनले गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार