श्री बडिमालिका माताले रक्षा गरून् : हेर्नुहोस् तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अन्योलता बढ्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । घर परिवारका समस्या कम भएर जाने छन् । काममा सानातिना समस्या आउने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्ने जोश जागर घट्न सक्छ । व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । घर परिवारमा टण्टा उत्पन्न हुन सक्ने कुरालाई नकार्न सकिन्न ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कुराबाट काम बन्ने छैनन । कार्य सम्पादन गर्न सहास,धैर्यता र पराक्रमको खाचो देखिन्छ । उद्योग धन्दा बन्द व्यापारमा प्रगतिका सम्भावनाहरु प्रशस्त देखिने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रयत्न सफल हुनेछन् तर आफन्त बनेर धोका दिने कम हुने छैनन । व्यापार व्यवसायबाट आफुले सोचे जस्तो लाभ लिन सकिने छैन । खर्च बढ्ने छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा निरन्तरता दिनु पर्ने देखिन्छ । फजुल खर्चमा थोरै नियन्त्रण आउने छ । व्यापार व्यवसायमा सामान्य सुधार आउने छ । थोरै आत्म विश्वास बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अनावस्यक काममा समय र धन लगानी हुनेछ । विरोधीको चर्को सामना गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउने छ । चोटपटकको भय देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । नयाँ कामको अवसर आउन सक्छ । नोकरी तथा राजनीतिमा पनि सफलता मिल्ने छ । विद्या बढ्ने छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य र कर्म दुवै आज बलियो देखिन्छ । नयाँ कामले प्राथमिकता पाउने छ । घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्ने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मनमा चिन्ता रहिरहने छ । अनावस्यक काम काजहरु बढि हुने छन् । काम गरेर अपयश मात्रै मिल्ने छ । व्यापार व्यवसायबाट पनि खासै लाभ हुने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): परिवारमा दुख,कष्ट,हैरानी बढि हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न । खर्चको मात्रा बढ्ने छ । चिन्ता बढ्ला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा प्रगति हुनेछ । नयाँ कामको सम्भावना देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्दा विरोधीबाट अवरोध आउन सक्ने भएको हुदा होशियार भएर काम गर्नु होला । व्यापार व्यवसायमा सुधार आउनेछ । आया आर्जन बढ्ने छ ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार