विराटनगर बम विष्फोटको कांग्रेसद्वारा निन्दा, संलग्नलाई कारवाहीको माग

काठमाडौं – नेपाली कांग्रेसले विराटनगर महानगरपालिका मेयर भीम पराजुलीलाई लक्षित गर्दै गरिएको बम विष्फोटको निन्दा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले घटनामा संलग्नलाई तत्काल कडा कारवाहीको मागसमेत गरेको छ ।

‘विराटनगर महानगरपालिका मेयर भीम पराजुलीलाई लक्षित गर्दै आज अपरान्ह २ बजे उहाँको कार्यकक्ष बाहिर अज्ञात समूहले बम विष्फोट गराई क्षति पुर्‍याएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।

घटनामा संलग्न अपराधीहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेको उचित उपचारका लागि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मेयर पराजुली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार