विराटनगर महानगरको मेयरको आगन्तुक कक्षमा बम विस्फोट

काठमाडौं – विराटनगर महानगरपालिकामा अज्ञात समूहले बम विस्फोट गराएको छ । आज दिउँसो करिब २ बजेतिर बम विस्फोट भएको हो ।

नगरपालिकाका मेयरको आगन्तुक कक्षमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिनुभयो । ‘हामी अनुसन्धान गरिरहेका छौं’ एसपी केसीले भन्नुभयो ‘कसले र किन बम विस्फोट गरायो भन्ने खुलेको छैन ।’ विस्फोटनका कारण कोठामा सामान्य क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार