रोकिराखेको जीप चिप्लिएर किच्दा एक बालकको घटनास्थलमै ज्यान गयाे

पाल्पा – तानसेनको बडीज्ञानटोलमा रोकिराखेको जीप चिप्लिएर गएर किच्दा एक बालकको घटनास्थलमै  ज्यान गएकाे भएको छ भने बाटोमा हिंडिरहेका चारजना बटुवा घाइते भएका छन् ।  ज्यान जानेमा हुनेमा बगनासकाली–२, नायरका नौ महिनाका बालक भएको प्रहरीले जनाएको छ ।

हुलाकचोकदेखि आन्दोलनचोकतर्फ जाँदै गरेको ग १ च ६७४८ नं.को भैंसी बोक्ने जीपले बालकसहित अन्य मानिसलाई किचेको प्रहरी कार्यालयले जनाएको छ । घटनामा सानो दुधे बच्चा आमाको काखबाट उछिट्टिएर लडेका थिए, उनलाई गाडीले किचेको थियो । बालकका आफन्तहरु गम्भीर घाइेते भएका छन् उनीहरुलार्इ मिसन अस्पताल पाल्पामा उपचारको लागि पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार