शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं – प्रतिनिधिसभाले पूर्व सदस्य भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अाज बसेको प्रतिनिधिसभाको बैठकले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

राणाको साउन २५ गते निधन भएको थियो । गोरखा परिषद्का संस्थापक अध्यक्ष राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए ।

उनको ९१ वर्षको उमेरमा निधन भएको हो । अर्को बैठक २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार