इनार सफा गर्ने क्रममा काठमाडाैंमा दुई जनाको मृत्यु

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामा रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएसपी भेषराज रिजालले इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए । रिजालका अनुसार लामा पहिला इनारभित्र छिरेको र इनारभित्र अक्सिजन नभएर आत्तिएपछि महर्जनले उनलाई उद्धार गर्न जाँदा उनको समेत मृत्यु भएको हो ।

साउन १८ गते लाजिम्पाटमा मेघवर्ण गौतमको घरमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा घर धनी ७० वर्षीय गौतम, ३५ वर्षीय भारतीय नागरिक अशोक कुमार र २३ वर्षीय रमेश चौधरी थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार