भरतसम्शेरको निधनमा कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य  भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अाज  बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै यही साउन २७, २८ र २९ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

भोलि सोमवार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औँ दिन आगामी भदौ ६ गते केन्द्रीय कार्यालयमै शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । राणाको शनिबार ९० वर्षको उमेरमा उनकै निवास कोलकातामा निधन भएको थियो । राणा २०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता थिए । राणाले वि.संं २००७ सालमा भने तत्कालीन गृहमन्त्री वीपी कोइरालाको हत्या गर्न खोजेको आरोपमा जेल सजायँ भोगेका थिए ।

स्वर्गीय राणाले लोकतन्त्र र गणतन्त्र मार्फत समाज परिवर्तन गर्न सकिन्छ भनेर पुर्‍याएका योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसको विज्ञप्तीमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार