दैनिक आठ घण्टाभन्दा बढी सुत्नुहुन्छ? हृदयाघात होला

काठमाडाैं – सुत्नु स्वास्थ्यका लागि लाभदायक हो । थकान मेट्न सुत्नु लाभदायक मानिन्छ तर दैनिक आठ घण्टाभन्दा बढी सुत्नु भनेको उमेरै नपुगी मृत्युलाई निम्तो दिनु हो ।

अमेरिकाको एक अध्ययनले दैनिक आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिको चाँडै मृत्यु हुने जनाएको छ । अमेरिकाको किले विश्वविद्यालयको सन् १९७० देखि २०१७ सम्म ३० लाख मानिसमा गरेको अध्ययनले दैनिक आठ घण्टा भन्दा अधिक सुत्ने मानिसमा ‘हार्ट अट्याक’ भई मृत्यु हुने देखाएको छ । धेरै सुत्नेलाई सुतेकै बेलामा श्वासप्रश्वासमा बाधा पुग्ने जनाइएको छ । अध्ययनमा वैज्ञानिकहरूले सात घण्टासम्म सुत्ने मानिसभन्दा ३० प्रतिशतले बढी मानिसको मृत्यु हुने जनाइएको छ ।

त्यस्तै अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले पनि अधिक सुत्ने मानिसको मस्तिष्कमा अक्सिजनको कमी हुने र स्मरणशक्तिमा समेत ह्रास आउने जनाइएको छ । त्यस्तै निद्रा पर्याप्त नभए मानसिक स्वास्थ्यमा समेत असर पुग्ने जनाइएको छ । अध्ययनले दैनिक ६ घण्टा सुत्नु पर्याप्त हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार