कांग्रेस महासमिति अब तिहारपछि, विधान समिति नै बनेन

काठमाडौं – भदौभित्रै महासमिति बैठक राख्ने निर्णय गरेको नेपाली कांग्रेसले अलमलका बीच तिहारपछि मात्रै महासमिति बैठक राख्ने भएको छ ।

तीनै तहको निर्वाचनपछि प्रतिपक्षमा पुगेको कांग्रेस पार्टीभित्रका आन्तरिक संगठन निर्माणमा पनि कमजोर बन्दै गएका बेला पूर्वनिर्धारित महासमिति बैठक सारेर कांग्रेसले तिहारपछि महासमिति राख्ने भएको हो । महासमिति बैठकमार्फत पार्टीको विधान संशोधन गर्ने कांग्रेस तयारी छ । तर, विधान संशोधन गर्न बनाइने मस्यौदा समिति गठनका विषयमा नै नेताहरूबीच सहमति जुटेको छैन ।

सो समिति नबन्दासम्म महासमितिको औचित्य नहुने नेताहरूले नै बताउँदै आएका छन् । विधान समितिले नै पार्टीको नयाँ संरचनाअनुसारको विधानलाई ड्राफ्ट गर्ने काम गर्छ । समितिले बनाएको विधानलाई महासमितिमार्फत पारित गर्नुपर्छ ।

राजधानी दैनिकमा खबर छापिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार